मुटु रोग विशेषज्ञका नजरमा दशैँ-तिहारका बिरामी कस्ता?

मुटु रोग विशेषज्ञका नजरमा दशैँ-तिहारका बिरामी कस्ता?
Published

दशैँ-तिहारजस्ता चाडपर्वका बेलामा दीर्घरोगीहरू जस्तै: मुटुसम्बन्धी, कोलेस्ट्रोल, मधुमेह, युरिक एसिड, थाइरोइड तथा मृगौलासम्बन्धी रोगीहरूले खानपानमा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन्।

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार दीर्घरोगीले मात्र नभई स्वस्थ मानिसले समेत बोसोयुक्त मासु र मदिरा धेरै सेवन गर्दा स्वास्थ्य अवस्था बिग्रन सक्छ। दशैँलगत्तै अस्पतालमा त्यस्ता बिरामीको चाप ह्वात्तै बढ्ने गरेको बताइएको छ।

मुटु रोग विशेषज्ञ अनिलले स्वस्थ रहन अपनाउनुपर्ने उपायहरू बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।