एआई प्रयोग गरी भारतमा विद्यार्थीले बनाएको ‘रोबट शिक्षक’ ले के गर्न सक्छ

एआई प्रयोग गरी भारतमा विद्यार्थीले बनाएको ‘रोबट शिक्षक’ ले के गर्न सक्छ
Published

दक्षिण भारतस्थित केरलाको एक विद्यालयका केही विद्यार्थीले एआईको प्रयोग गरी एक ‘रोबट शिक्षक’ बनाएका छन्।

यसले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूका प्रश्नका उत्तर दिन्छ।

केरलाको तिरुवनन्तपुरम जिल्लामा रहेको उक्त विद्यालयमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिद्वारा सञ्चालित रोबट शिक्षकको नाम ‘आइरिस’ राखिएको छ।

रोबट शिक्षकको घाँटीमा रहेको माइक्रोफोनले विद्यार्थीका प्रश्न सङ्कलन गर्छ र एआईको प्रयोग गरी उत्तर फर्काउने गर्छ।

प्रविधिको सहयोगमा जुनसुकै विषयको प्रश्नको उत्तर दिने हुनाले विद्यार्थीहरू उत्साहित भएको विद्यालयकी प्राचार्य बताउँछिन्।

बीबीसी तमिलका एस महेशले बनाएको भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।