हमास आक्रमणपछि सम्पर्कविहीन मानिसहरूको खोजीमा भौँतारिँदै आफन्त

हमास आक्रमणपछि सम्पर्कविहीन मानिसहरूको खोजीमा भौँतारिँदै आफन्त
Published

शनिवार गाजानजिकै मरुभूमिमा एउटा इजरेली साङ्गीतिक कार्यक्रम हेर्न सयौँ मानिसहरू गएका थिए। त्यही बेला त्यहाँ हमासका लडाकुहरूले धावा बोले।

उक्त स्थानमा २५० जनाभन्दा बढीको शव फेला परेको छ। उक्त साङ्गीतिक कार्यक्रम हेर्न गएका तर पछि सम्पर्कविहीन भएका मानिसहरूको खोजी तिनका परिवार र आफन्तले गरिरहेका छन्।

इजरेलमा दर्जनौँ विदेशी नागरिकहरूसहित ज्यान जानेहरूको सङ्ख्या ९०० को हाराहारीमा छ।

हमासले गरेको आक्रमणको जबाफ दिन इजरेलले गाजा स्ट्रिपमा हवाई आक्रमण गरेको छ। ती आक्रमणमा परेर ज्यान जाने प्यालेस्टिनीहरूको सङ्ख्या झन्डै ७०० पुगेको छ।

अहिलेको हिंसाका कारण पीडित दुवैतिरका मानिसहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।