अल्जाइमर्स पीडित श्रीमतीको स्याहारमा यसरी जुटेका छन् राजनीतिकर्मी चित्रबहादुर

अल्जाइमर्स पीडित श्रीमतीको स्याहारमा यसरी जुटेका छन् राजनीतिकर्मी चित्रबहादुर
Published

उमेरले ८३ वर्ष टेकेका राजनीतिकर्मी चित्रबहादुर केसी आफ्नी ७७ बर्षीया श्रीमती पार्वतीलाई अल्जाइमर्स अर्थात् एक प्रकारको बिर्सने रोगले च्यापेपछि केही महिना यता उनकै स्याहारसुसारमा व्यस्त रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा बाग्लुङबाट सङ्घीय संसद्‌मा निर्वाचित सांसदसमेत रहेका केसी कपनस्थित पार्टी कार्यालयमै रहेका कोठामा श्रीमतीको रेखदेख गरिरहेका छन्।

उनी भन्छन्, 'जीवनभर श्रीमतीले मलाई बिना शर्त साथ दिइन् अब मैले पैँचो तिर्ने पालो आएको छ।'

श्रीमती घरबाहिर एक्लै निस्केपछि फर्कन नसक्ने अवस्थामा पुगेपछि उनको दैनिकी फेरिएको हो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।