घुमन्ते जाति राउटेका यस्ता छन् समस्या र गुनासा

Published

आफूलाई ‘जङ्गलका राजा’ भनेर चिनाउने राउटेहरूको जाति नेपालको अन्तिम घुमन्ते जातिमध्येको एक हो ।

उनीहरू पश्चिम नेपालका अछाम र दैलेख जिल्लामा बस्छन्।

लोपोन्मुख मानिएका राउटेहरूको सङ्ख्या १४५ को हाराहारीमा रहेको बताइन्छ।

सामुदायिक वनमा बस्न नदिइएपछि उनीहरू विभिन्न ठाउँमा बसाइँ सर्दै आएका छन्।

राउटेहरू खेतीपाती गर्दैनन्। जङ्गलबाट काठ खोजेर भाँडाकुँडा बनाउँछन् र आफूले बनाएका काठका भाँडाकुँडासँग अन्न साट्छन्।

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षाभत्ता दिँदै आएको छ। तर त्यसले आफ्नो आवश्यकता नपुग्ने उनीहरूको गुनासो छ।

बेलाबेलामा राउटे मुखियाहरू काठमाण्डू जान्छन् र आफ्ना आवश्यकता पूरा गरिदिन सरकारी पक्षसँग अनुरोध गर्ने गर्छन्।

उनीहरूको माग हुने गर्छ–

"हामीले जङ्गलमा बस्न पाउनुपर्छ।"

"हामीलाई भत्ता बढाइदिनु पर्छ।"

(भिडिओ: भरतबन्धु थापा)