पोखरा विमान दुर्घटनाः जहाज दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्त्व कस्तो हुन्छ?

Published

आइतबार पोखरामा दुर्घटनाग्रस्त जहाजबाट निकालिएको 'ब्ल्याक बक्स' जाँचबुझ गर्न कुन देश पठाउने भन्ने टुङ्गो लागिनसकेको हालै गठित जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताएका छन्।

सेती नदीको खोँचमा खसेको यती एअरलाइन्सको विमानबाट सोमबार सुरक्षाकर्मीले निकालेको ब्ल्याक बक्स समितिले प्राप्त गरिसकेको छ।

जहाजको पछिल्लो भागमा रहने विद्युतीय उपकरण ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको नभई गाढा सुन्तला रङ्गको हुन्छ।

ब्ल्याक बक्सबारे नेपाल वायुसेवा निगमका इन्जिनियरिङ निर्देशक विक्रम केसीसँग कुराकानी गरेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि: