BBC News, नेपाली - होमपेज
मुख्य समाचार
हराएका मानिसलाई मृत घोषणा गर्न कानुन परिवर्तनको माग किन, सरकार के गर्दै छ
सरकारका अनुसार भदौ १० गतेको विनाशकारी बाढीमा परेर ५,७८६ जना सम्पर्कविहीन छन् भने फेला परेका १,४५१ शवमध्ये केवल ११० जनाको मात्र सनाखत भई परिवारजनले बुझेर लगेका छन्।
पाकिस्तान र चीनबीचको नयाँ सीमा सम्झौताका कारण भारत किन क्रुद्ध बनेको छ?
भारतले दशकौँदेखि आफ्नो दाबी गर्दै आएको भूभागमा पाकिस्तान र चीनबीचको सीमानालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ। बेइजिङ र इस्लामाबादले यतिखेर त्यस सीमाना संस्थागत गर्ने कदम चालेपछि दिल्लीले कडा प्रतिक्रिया जनाएको छ।
'बिहीवारदेखि भारी वर्षा हुने पूर्वानुमान'ले उब्जाएको चिन्ता, के भन्छन् सम्बन्धित निकाय र मौसमविद्?
मौसमविद्हरूले बङ्गालको खाडीमा विकास हुने क्रममा रहेको एउटा मौसमी अवस्थाको प्रभाव नेपालसम्म आइपुग्ने र त्यो पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्।
भिडिओ, कार्गो पानीजहाज र माछा मार्न गएको जहाज ठोक्किँदाको भिडिओ, समयावधि 0,43
'बीबीसी भेरिफाइ'ले उक्त दुर्घटना सिङ्गापुरनजिकै समुद्रमा भएको पत्ता लगाएको छ।
बोलिभियामा फेला परेको वनबिरालोको नयाँ प्रजाति
लामो समयसम्म गलत प्रजातिका रूपमा बुझिँदै आएको एउटा वनबिरालोलाई बोलिभियामा नयाँ प्रजातिका रूपमा पहिचान गरिएको छ।
भिडिओ, भोटेकोशी-त्रिशूली बाढीबाट नेपालले सिक्नुपर्ने पाठ, समयावधि 6,41
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार १८८ किलोमिटर प्रतिघण्टाको गतिमा बाढी आउनु भनेको ज्यादै बढी हो।
साउदीको राजधानीमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दाबी
इरान समर्थित हुथीहरूले जुलाईयता साउदी अरबमाथि बडाएको आक्रमणपछि शनिवार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, विपद्पछि जीवनमा कसरी आशा फर्काउने?, समयावधि 3,28
आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठेरो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ।
भिडिओ, विस्थापित हुँदाको पीडा कसरी सामना गर्ने?, समयावधि 3,30
कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपर्झट घर छोड्नुपर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?
भिडिओ, शोकको सामना कसरी गर्ने?, समयावधि 3,44
जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ। त्यस अवस्थामा के गर्ने?
भिडिओ, तनावको सामना कसरी गर्ने?, समयावधि 3,35
हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो। तर जब समस्या ठूलो लाग्छ, तिनलाई सम्हाल्न असम्भवजस्तो लाग्न सक्छ।
भिडिओ, आफ्नो भावना कसरी बुझ्ने?, समयावधि 3,07
कठिन परिस्थितिको सामना गर्दै आफ्नो भावना कसरी बुझ्ने?
थप समाचार
बीबीसी विशेष
'आजीवन पछुतो': साउदी अरबमा मृत्युदण्डपछि अन्तिम संस्कार गर्न शव नपाउने परिवारहरूको पीडा
विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने तीन देशमध्ये साउदी अरब एक हो। मृत्युदण्ड दिइएकामध्ये ४० प्रतिशतभन्दा बढी विदेशी नागरिक भए पनि शवहरू सामान्यतया तिनका परिवारलाई हस्तान्तरण नगर्ने गरिएको तथ्याङ्कले देखाउँछ।
भिडिओ, हिमालहरू कसरी बने? , समयावधि 7,33
हिमालहरू कसरी बने भन्ने तपाईँलाई थाहा छ?
माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छ
प्रकृतिसँग लामो समयसम्म वा बारम्बार छालाको सम्पर्क हुँदा हाम्रो छाला र शरीरभित्र भइरहेको प्रक्रियामा उल्लेखनीय परिवर्तन आउन सक्ने सङ्केत गर्छन्।
हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहारका कारण अकल्पनीय क्षति
भदौ १० गतेको बाढी कुनकुन हिसाबले असामान्य र अभूतपूर्व स्तरको थियो भन्नेबारे सरकारी अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनमा के छ?
भिडिओ, अत्यधिक तातो पेयपदार्थ सेवन गर्दा क्यान्सर हुन सक्ने चेतावनी, समयावधि 0,36
वैज्ञानिकहरूले यूकेमा गरेको एउटा अध्ययनमा निकै तातो पेयपदार्थका कारण भोजननलीको क्यान्सर हुने जोखिम बढ्ने देखिएको छ।
भिडिओ, 'मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर पिएँ', समयावधि 5,22
सुरुङबाट उद्धार भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका सञ्जय साह शुक्रवार 'डिस्चार्ज' भए।
पर्यटन, व्यापार र जलविद्युत् उत्पादनले चलायमान रहने त्रिशूली करिडर जब क्षणभरमै सुनसान बन्यो
रसुवा विपद्मा परेर जीवन गुमाएका वा सम्पर्कविहीन भएकाहरूको वास्तविक चित्र अझै आउन सकिरहेको छैन। उक्त विनाशकारी बाढीको मारमा पर्नेहरू को हुन्?
विज्ञान तथा प्रविधि
विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको 'ठूलो भूमिका', अरू कारण के हुन सक्छन्
नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टानसहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ।
उनीहरू पुराना मिल्ने साथी थिए, डीएनए परीक्षणपछि दिदी-बहिनी पाइए
भारतमा जन्मिएर उमेरले ४० को दशकमा पुगेका दुई महिलालाई शिशु अवस्थामै अलग-अलग परिवारले धर्मपुत्रीका रूपमा अपनाएका थिए।
माओ त्सेतुङको निधन भएको ५० वर्ष भयो, तर जेनजीहरू यी 'शिक्षक'प्रति किन आकर्षित भइरहेका छन्?
माओ त्सेतुङप्रतिको अहिलेका कतिपय चिनियाँ युवाहरूको रुचि उनीहरूका आमाबुवा सुन्दै हुर्किएका सार्वजनिक भाष्यभन्दा पृथक छ।
भिडिओ, 'मैले आफ्नै प्रेमीलाई चिनिनँ': अरूको अनुहार चिन्न गाह्रो हुने समस्या, समयावधि 1,01
आफूलाई 'प्रोसोप्याग्नोजिआ' अर्थात् 'फेस ब्लाइन्डनेस' भएको निदान भएपछि बीबीसी साइन्सकी प्रस्तोता क्यारोलिन स्टीलले यो आफूले भोगेको समस्याबारे बताएकी छन्।
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।















































