BBC News, नेपाली - होमपेज
मुख्य समाचार
मृतकको सङ्ख्या बढ्दो क्रममा, सरकार अझै 'खोज र उद्धारमा केन्द्रित'
भोटेकोशी-त्रिशूली बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्न उद्धारकर्ताहरू प्रयासरत छन्। विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेको भन्ठानिएका मानिसहरूसँग अझै सम्पर्क हुन सकेको छैन।
रसुवामा 'फुट्ने जोखिम' मा रहेको भनिएको नयाँ हिमतालबारे हामीलाई के थाहा छ
वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीका अनुसार नयाँ सिर्जना भएको हिमताल रसुवाको लाङ्टाङ-लेरुङ हिमालको पश्चिमपट्टिको भिरालोमा करिब ४,००० मिटर उचाइमा रहेको छ।
बाढीपछि भेटिएका ९०० भन्दा बढी शवमध्ये हालसम्म 'करिब ४% को मात्रै सनाखत'
बाढीको पहिलो र दोस्रो दिन तुलनात्मक रूपमा सग्ला शव भेटिए पनि समय बित्दै जाँदा सडेका अवस्थाका शव मात्र भेटिन थालेपछि डीएनए नमूनामार्फत् पहिचान गर्नुको विकल्प नरहेको अधिकारीहरू बताउँछन्।
भिडिओ, रसुवाढीको सुरुङमा कोही फेला नपरेपछि उद्धारकर्ताहरू फर्किए , समयावधि 0,48
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको छ।
भिडिओ, 'आँखैअगाडि दुई जनालाई बगायो, तर म १० सेकेन्डले बाँचेँ', समयावधि 3,24
नुवाकोटको बट्टारकी युनिशा अमात्य स्थानीय त्रिभुवन त्रिशूली विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्। गत बुधवार बाढी आउँदा उनी विद्यालयमा थिइन्।
भिडिओ, पहिचान नभएका शवको ‘अन्तिम संस्कार होइन, व्यवस्थापन’, समयावधि 1,52
स्थानीय अधिकारी र प्रहरीका अनुसार चितवनमा फेला परेका शवमध्ये न्यून सङ्ख्याको मात्र पहिचान भएको छ।
फेरि ठूलो बाढीको जोखिम नरहेको जानकारी, तर सतर्क रहन आग्रह
भोटेकोशी बाढी निम्त्याएको नेपाल-चीन सिमानामा बनेको एउटा तालले विस्तारै निकास पाइसकेको र अर्को ताल फुटिहाल्ने अवस्थामा नरहेको चीनतर्फबाट जानकारी प्राप्त भइरहेको बताइएको छ।
चार जनाको सूचना जसले ९०० स्कूले विद्यार्थी बचाउन सघायो
बाढी आउँदा कक्षा ८ देखि १२ सम्मका ९०० जनाभन्दा धेरै विद्यार्थी त्रिभुवन त्रिशूली विद्यालयमा थिए। त्यस बेला विद्यालयमा करिब ३० जना शिक्षक र कर्मचारी थिए। दोस्रो सत्रका लागि थप विद्यार्थी लिएर दुईवटा बसहरू विद्यालयतर्फ फर्कँदै थिए।
बाहिरबाट आएका सहायतामा 'जेनरेटरदेखि शव राख्ने थैलासम्म', नेपालको खाँचो कस्तो
विनाशकारी बाढीको छैटौँ दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेका बेला तत्काल खाँचो परेका चारपाँच प्रकारका सहायता सामग्रीका विषयमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको र तीमध्ये केही सहयोग प्राप्त भइसकेका तथा केही प्राप्त हुने क्रममा रहेका अधिकारीहरूले बताएका छन्।
अनि यो पनि
भूउपग्रह तस्बिर : विनाशकारी बाढीले विद्यालयहरूमा पुर्याएको क्षति यस्तो देखियो
अधिकारीहरूले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ वटा विद्यालयमा या भवनहरूमा क्षति पुगेको छ या उनीहरूका शिक्षक वा विद्यार्थी हराइरहेका छन्। निजी र सार्वजनिक प्रकृतिका यी विद्यालयमा ६,९०४ विद्यार्थीहरू अध्ययनरत थिए
न बत्ती, न बाटो, न सञ्चार - रसुवाका बाढीपीडितको व्यथा
बाढीले व्यापक क्षति पुर्याएकामध्ये रसुवाको एउटा पालिकाका प्रभावित व्यक्तिहरूले राहत नपाएको मात्र नभई हालसम्म सडक र सञ्चारसम्पर्कविहीन समेत रहेको बीबीसीलाई बताएका छन्।
बाढीका कारण नयाँ सङ्कट, देशका अन्य भागलाई काठमाण्डू जोड्ने पृथ्वी राजमार्गको हिस्सा कटान
सडक विभागका अधिकारीहरूले पुनर्निर्माणका लागि कैयौँ साता लाग्न सक्ने भन्दै वैकल्पिक मार्गहरू प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन्।
बाढीपछि सम्पर्कविहीन आफन्तदेखि सामान खोज्न पुग्नेसम्मका केही तस्बिर
गत साता तिब्बत हुँदै आएको भोटेकोशी-त्रिशूली बाढीले निम्त्याएको नयाँ परिस्थिति झल्काउने केही प्रतिनिधिमूलक तस्बिरहरू
'अर्को ठूलो बाढीको जोखिम घट्दो क्रममा रहेको' सरकारको विश्लेषण, आधार के के
गएको साताको हिमपहिरोपछि बनेको ठानिएका दुईवटा तालमध्ये एउटा फुटेको र त्यसको पानी बाहिरिएको भन्दै अधिकारीहरूले अर्को तालबाट विगतको जस्तो ठूलो बाढीको जोखिम नरहेको बताएका छन्। सो तालको चिनियाँ पक्षले निगरानी गरिरहेको छ।
थप समाचार
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।
बीबीसी विशेष
बाढीपीडितलाई कसरी गर्ने सहयोग, आफैँले के गर्न मिल्छ के मिल्दैन
सरकारले बाढी पीडितका लागि राहत सामग्री तथा आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूलाई राहत लिएर आफूखुसी बाढी प्रभावित क्षेत्रमा नजान भनेको छ।
रसुवा बाढीपछिको उद्धारमा उच्च चुनौती : 'भूकम्पका बेलाभन्दा निकै कठिन'
उद्धारकर्ताहरूले शुक्रवारसम्मै कठिन अवस्थामा रहेकाहरूको जीवितै उद्धार गरिएको बताउँदै आफूहरूले थप केही दिन त्यस्ता खोज तथा उद्धार प्रयास जारी राख्ने बताएका छन्।
त्रिशूली बाढीको असर कम गर्न सकिने सम्भावना कति थियो
बुधवार अचानक आएको बाढीले निकै कम समयमा ठूलो क्षति पुर्याएको घटनाक्रममाझ विज्ञहरूले पूर्वसूचना प्रणालीमै परिवर्तन गर्नुपर्ने बताएका छन्।
मौसमसम्बन्धी पूर्व जानकारी दिने सूचना आदानप्रदानबारे चीनसँगको संयन्त्र कस्तो छ
नेपाल-चीन सिमानामा पर्ने स्थानमा प्राकृतिक प्रकोपका बेला दुई देशबीच सूचना आदानप्रदान हुन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूले औँल्याउँदै आएका छन्।
शव फेला पर्ने क्रम बढेसँगै महामारीको चिन्ता, व्यवस्थापनका लागि के गरिँदै छ
प्रभावित जिल्लाहरूमा शवहरू भेटिने क्रम बढिरहँदा त्यसले महामारी नित्याउन सक्ने चुनौती रहेको जानकारहरूले बताएका छन्। त्यसको सामना गर्ने रणनीति के छ?















































