स्यूटा प्रवेश गरेका हजारौँ आप्रवासीहरू स्पेनद्वारा मोरक्को फिर्ता
स्पेनका अधिकारीहरूले समुद्रमा पौडी खेलेर स्यूटा प्रवेश गरेका अधिकांश आप्रवासीहरूमध्ये लगभग सबैलाई मोरक्को फिर्ता पठाइएको बताएका छन्।
मोरक्को हुँदै हजारौँ आप्रवासीहरू बिहीवार अफ्रिकास्थित स्पेनको स्वामित्वमा रहेको स्यूटा सहरमा ओइरिएका थिए। त्यसरी स्यूटा पुग्ने मानिसहरूको सङ्ख्यa ६०,००० जति भएको अनुमान गरिएको थियो।
स्यूटाका अधिकारीहरूका अनुसार त्यस क्रममा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो। उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
युरोपेली सङ्घ ईयूले उक्त सङ्कटबारे छलफल गर्न मङ्गलवार आपत्कालीन छलफल गर्न लागेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

















