पोखरामा अध्यागमन सेवा सुरु, उडान कहिले?

पोखरामा अध्यागमन सेवा सुरु, उडान कहिले?
Published

मङ्सिर ९ गते भएको माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन खेलाडी, चिकित्सक र चालकदलसहित १०९ जना बोकेको चार्टर्ड विमान चीनको कुनमिङबाट पोखरा आयो।

सञ्चालनमा आएको एक वर्ष पुग्न लाग्दा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फ चार्टर्ड उडान मात्र भएका छन्।

नियमित अन्तर्राष्ट्रिय उडान नभए पनि यस विमानस्थलमा स्थायी प्रकृतिको कार्यालयसहित अध्यागमन सेवा हालै सुरु गरिएको छ।

हेर्नुहोस् पोखराबाट कृष्णमणि बरालको सहयोगमा विजय गजमेरले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।