काँधमा खाट झुन्ड्याएर दौडिने अनौठो प्रतियोगिता

काँधमा खाट झुन्ड्याएर दौडिने अनौठो प्रतियोगिता

श्रीलङ्काको राजधानी कोलोम्बोको बाह्यभागमा अवस्थित पिलियान्दाला क्षेत्रमा एउटा अनौठो दौड प्रतियोगिता आयोजना हुँदै आएको छ। सिंहला र तमिल नववर्षका अवसरमा त्यहाँ खाट बोकेर दौडिने प्रतियोगितामा दर्जनौँ मानिस सहभागी हुन्छन्।

आयोजकहरूका अनुसार सन् १९९० देखि आयोजना गर्न थालिएको उक्त प्रतियोगिता उक्त स्थानको इतिहाससँग जोडिएको छ। विगतमा त्यहाँ बासिन्दाहरू जीविकोपार्जनका लागि आफूले बनाएका खाटहरू बेच्न त्यसरी देशैभरि हिँड्थे।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।