गाजामा भवन भत्किएपछि पुरिएका बालकको जीवितै उद्धार

गाजामा भवन भत्किएपछि पुरिएका बालकको जीवितै उद्धार
Published

गाजामा भवन भत्किएपछि पुरिएका एक बालकको जीवितै उद्धार भएको छ।

यी चारवर्षे बालक आफ्नी आमाको शवसँगै सुतेको अवस्थामा भेटिएको र उनको उद्धार गरिएको एक पत्रकारले जनाएका छन्।

रातको घटनामा आठ बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार एक वर्षभन्दा केही अघि इजरेली हमलाका कारण उक्त भवनमा आंशिक क्षति पुगेको थियो।

तर अर्को विकल्प नहुँदा झन्डै १० परिवारहरू सोही छतले भवनमै बस्दै आएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।