‘मरे पनि मरूँला भनी बाध्यता भएर भूकम्पले चर्किएकै घरमा सुत्या हुँ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘मरे पनि मरूँला भनि बाध्यता भएर यहीँ सुत्या हुँ’
‘मरे पनि मरूँला भनी बाध्यता भएर भूकम्पले चर्किएकै घरमा सुत्या हुँ’
Published

गत कात्तिक १७ गतेको भूकम्पमा आफ्नो घर क्षतिग्रस्त भएपछि पालमुनि बस्न बाध्य जाजरकोटका कतिपय बासिन्दाहरू विकल्प नभएको भन्दै जोखिम मोलेर चर्किएका घरमा फर्किएका छन्।

"मरे पनि मरूँला भनी बाध्यता भएर यहीँ सुत्या हुँ" कुमारी जैसीले बीबीसी न्यूज नेपालीलाई भनिन्।

उक्त रात ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो क्षति भएको थियो।

भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको गृह मन्त्रालयले बताएको छ।

जाजरकोट भूकम्प पीडित किन चर्किएका घरमा बस्न बाध्य छन्?

प्रकाश पन्तको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

Jajarkot earthquake

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।