'यो चमत्कार नै हो': सगरमाथामा हराएको ६ दिनपछि फेला परे दावा शेर्पा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'यो चमत्कार नै हो': सगरमाथामा हराएको ६ दिनपछि फेला परे दावा शेर्पा
    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पालाई उद्धार गरी उपचारका लागि काठमाण्डू ल्याइएको छ। अहिले उनलाई एउटा निजी अस्पतालको आईसीयूमा राखिएको छ।

हिमाल सफा गर्न गएको छ जनाको एउटा टोलीले बिहीवार बिहान उनलाई 'खुम्बु आइसफल' क्षेत्रमा देखेपछि तत्काल बोकेर गोरक्षेपतिर ओरालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का प्रमुख कार्यकारी छिरिङ शेर्पाले बीबीसी न्यूज नेपालीलाई बताए।

उनका अनुसार फेला पर्दा दावा शेर्पा "बोल्नै नसक्ने अवस्थामा" थिए। उनका दुइटै हत्केला हिउँले खाएको छ।

पछि उनलाई हेलिकप्टरबाट काठमाण्डू ल्याइएको हो। उनी ओखलढुङ्गाका हुन्।

"यो 'सेल्फ-रेस्क्यू' हो। दावाले यत्रो दिन आफूलाई जोगाएर राखे। यो चमत्कार नै हो," उद्धारमा संलग्न एटके (8K) एक्स्पिडिशन्सका कार्यकारी निर्देशक पेम्बा शेर्पाले बीबीसी न्यूज नेपालीसँग भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।