समुद्रमा खसेको यात्रुवाहक विमानमा सवार ११ जनाको जीवितै उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
समुद्रमा खसेको यात्रुवाहक विमानमा सवार ११ जनाको जीवितै उद्धार
Published

संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको तटबाट २८२ किलोमिटर टाढा समुद्रमा विमान खसेपछि त्यसमा सवार ११ जनालाई जीवितै उद्धार गरिएको छ।

नियमित उडानमा रहेको उक्त सानो यात्रुवाहक विमानमा एकपछि अर्को समस्या उत्पन्न भएपछि अनुभवी पाइलट इअन निक्शनले विमानलाई आन्ध्र महासागरमा खसाले।

ती यात्रीहरू पाँच घण्टासम्म एउटा 'लाइफ र्‍याफ्ट'मा समुद्रको छालसँगै यताउता बगिरहे। उनीहरूलाई उद्धार गर्न कोही आउला भन्ने लागेको थिएन।

तर तालिमका लागि सोही क्षेत्रमा उडेको अमेरिकी वायुसेनाको टोलीले उनीहरूलाई देख्यो र उद्धार गर्‍यो।

"उनीहरू सबै जनाको ज्यान जोगिनु ठूलै चमत्कार हो," उद्धारमा संलग्न सैन्य विमानकी कमान्डर तथा मेजर एलिजाबेथ पिओवटीले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।