पुनर्स्थापना र राहतको पर्खाइमा पश्चिम नेपालका भूकम्प पीडितः तस्बिरहरू

जाजरकोट भूकम्पबाट प्रभावित स्थानीयहरू

तस्बिर स्रोत, RSS

Published

गत शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित स्थानीयवासीहरूले पुनर्स्थापना र राहतको पर्खाइमा रहेको बताएका छन्।

जाजरकोट भूकम्पबाट भत्किएको एक घरमा सामान निकाल्दै महिला

तस्बिर स्रोत, Reuters

विशेष गरी जाजरकोट र रुकुम पश्चिममा धेरै घर भत्किएका देखिएको छ। गृह मन्त्रालयका अनुसार यी दुई जिल्लामा गरी १५३ जनाको मृत्यु भएको छ।

जाजरकोटको भेरी नगरपालिकाका-१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरू

तस्बिर स्रोत, RSS

भूकम्पबाट घरहरूमा पुगेको क्षतिबाट जोगिन सकेकाहरू आफ्ना भत्किएका घरनजिकै त्रिपालमुनि बसेर रात बिताउने गरेका छन्।

जाजरकोट भूकम्पबाट भत्किएको एक घरमा सामान निकाल्दै महिला

तस्बिर स्रोत, Reuters

दिउँसो उनीहरू घरमा बचेका सामग्रीहरू निकालेर सुरक्षित ठाउँमा सार्न व्यस्त देखिन्छन्।

जाजरकोटको भेरी नगरपालिका-१, रिम्नाका केही स्थानीय कुखुरा पाल्ने खोरमा बसेका छन्

तस्बिर स्रोत, RSS

जाजरकोटको भेरी नगरपालिका-१, रिम्नाका केही स्थानीयवासीले कुखुरा पाल्ने गरेको खोरमा शरण लिएका पनि देखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।