इजरेली सेनाले ठूलो स्थल कारबाही सुरु गरेपछि गाजा सिटीबाट हजारौँ प्यालेस्टिनी भागे

भिडिओ क्याप्शन सुरु हुँदैछ,
Published
पढ्ने समय: १ मिनेट

इजरेली सेनाले गाजा सिटीमा ठूलो स्थल कारबाही अगाडि बढाएपछि हजारौँ प्यालेस्टिनीहरू त्यहाँबाट भागेका छन्। त्यो क्रम जारी छ।

इजरेली सेनाले स्थलसैनिकहरूलाई कारबाहीमा सघाउन विभिन्न स्थानमा हवाई हमला पनि गरेको छ।

हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली पक्षले गरेका तीन भिन्न आक्रमणमा अल‍-रन्तिसी बाल अस्पताललाई निसाना बनाइएको थियो।

उक्त मन्त्रालयले आक्रमणका कारण सो अस्पतालबाट आधाजसो बिरामी र तिनका कुरुवा पनि भाग्न बाध्य भएको जनाएको छ।

इजरेली सेनाले उक्त घटनासँग सम्बन्धित विवरणको जाँच गर्न थालिएको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।