युवा आप्रवासी निषेध गर्नु गलत: ओबामा

विरोध

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मेक्सिको सीटीस्थित अमेरिकी दूतावास बाहिर विरोध प्रदर्शन भएको थियो।
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कंग्रेसले तथाकथित सपना देख्नेहरु (ड्रीमर्स) बारे दीर्घकालीन समाधान खोज्नेछ भन्नेमा आफू आशावादी रहेको बताएका छन्।

सानो उमेरमा गैर कानूनी रुपमा अमेरिका ल्याइएका तर कागजात नभएका युवा आप्रवासीहरुले उनीहरुकै देश फर्काउन नपाइने गरी दिइँदै आएको संरक्षण गुमाउँदैछन्।

महान्यायाधिवक्ता जेफ सेसन्सले भने, "बराक ओबामाले शुरु गरेको गैर संबैधानिक नीतिको विकल्प खोज्न कंग्रेसलाई ६ महिनाको समय छ।"

'डीफर्ड एक्शन फर चाइल्डहुड अराइभल्स' (डाका) नयाँ आवेदकका लागि बन्द गरिनेछ।

चिन्ता व्यक्त

अहिलेका आठ लाख सदस्यले उनीहरुलाई दिइएको दुई वर्षे समयावधी समाप्त भएपछि पढ्ने या काम गर्ने अधिकार गुमाउनेछन्।

राष्ट्रपति ओबामाले उक्त निर्णयलाई क्रुर र गलत भनेका छन्।

प्रभावितहरु धेरैजसो ल्याटिन अमेरिकाका हुन्।

मेक्सिको र एल स्यालभाडोरले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले आप्रवासीप्रति कडा नीति लिने गत वर्षको चुनावी अभियानदेखि नै बताउँदै आएका छन्।