सिंह र चितुवाबाट जोगिने उपाय

चितुवा

तस्बिर स्रोत, A Wilson, RVC

Published

मृगले चितुवालाई दौडिनमा जित्न सक्दैन तर चितुवाले लखेट्दा आफूलाई जोगाउन सक्छ। त्यसका लागि उसले अन्तिम घडीमा एकदमै बाङ्गो टिङ्गो दौडिनुपर्छ।

हालै गरिएको एउटा अध्ययनले विश्वको सबैभन्दा तीव्र गति भएको जनावर र उसको सिकारबीच हुने जीवन मरणको संघर्षबारे विश्लेषण गरेको हो।

अनुसन्धानकर्ताहरूले कसरी जेब्रा र मृग जस्ता सिकारहरूले सिंह र चितुवाबाट अफ्रिकी घाँसे मैदानहरूमा आफूलाई जोगाउन सक्छन् भन्ने अध्ययन गरेका थिए।

उनीहरूका अनुसार कम गतिले सिकारी जनावर भन्दा सिकारमा पर्न लागेकोलाई फाइदा गर्छ र उनीहरूलाई आफूलाई जोगाउने मौका पनि बढी दिन्छ।

उपाय

"शिकारको अन्तिम चरणमा, तीव्र गतिको कुनै अर्थ नै हुँदैन,"युनिभर्सिटी अफ लण्डन अन्तर्गतको रोयल भेटिनिररी कलेजका एलन विल्सन भन्छन्।

उनले थपे, "यदि आहार बनाइन लागिएको जीव एकदमै तीव्र गतिमा कुद्यो भने त्यो खराब निर्णय हुन्छ, किनभने सिकारी जन्तु अझ तेज दगुर्नसक्छ र उसले एकदमै चाँडो आफ्नो गति बढाउन सक्छ त्यही भएर उ सिकारीको पञ्जामा परिहाल्छ।"

उनका अनुसार चलाखीपूर्वक अन्तिम समयमा सामान्य अवस्थामा भन्दा विस्तारै तर एकदमै बाङ्गो टिङ्गो हिँड्दा शिकार हुन लागेका जनवारहरूलाई फाइदा हुन्छ।

चितुवा

तस्बिर स्रोत, AWILSON, RVC

अफ्रिकी घाँसे मैदानहरूमा कसरी जंगली जनावरहरूले जिउनका लागि प्रतिस्पर्धा गर्छन् भनेर ठम्याउन वैज्ञानिकहरुले सिंह र चितुवाको दौडिने क्षमताको उनीहरूको सबैभन्दा प्रिय आहार रहेका जेब्रा र इम्पाला भनिने एकप्रकारको अफ्रिकी मृगसँग तुलना गरेका थिए।

बिहीवार प्रसिरित बीबीसी वानको डकुमेन्ट्री बिग क्याट्समा उक्त अध्ययनलाई समावेश गरिएको थियो।

वैज्ञानिकहरूले विशेष रूपमा डिजाइन गरिएका रेडियो कोलारहरू प्रयोग गरी ती जनवारहरूका गति, गतिको वृद्धि र गतिको कमी अनि कति चाँडै उनीहरू घुम्न सक्छन् भनेर हेरेका थिए।

उनीहरूले मांशपेशीको सानो अंश निकालेर ती जीवहरूका मांशपेशीको शक्तिबारे पनि विश्लेषण गरेका थिए।

गति

अध्ययनले शिकारी जनवारहरू उनीहरूका आहार भन्दा उल्लेख्य रूपमा गतिवान् र बढी शक्तिशाली रहेको देखाएको छ।

तर गति कम हुँदा उनीहरूले जेब्रा र मृगसँग प्रतिस्पर्धा गर्न नसकेको र त्यसबेला ती जनावारहरूको भाग्ने सम्भावना रहेको पाइएको छ।

अध्ययनमा संलग्न प्राध्यापक विल्सन भन्छन्, "आहारले लखेटाइलाई निर्धारण गर्न सक्छ, उसले कहिल्यै अर्को दिशातर्फ जाने र कति चाँडो दगुर्ने भनेर निर्णय लिन सक्छ, त्यही भएर शिकारी भन्दा उ जहिल्यै पनि एक कदम अघि हुन्छ।'

चितुवाको गति प्रति घण्टा १ सय किलोमिटर भन्दा बढी रहेको छ।

चितुवा

तस्बिर स्रोत, AWILSON, RVC

चितुवा भन्दा शक्तिशाली भए पनि सिंह त्यति वेगले दगुर्न सक्दैन।

चितुवा र सिंह दुवैका मांसपेशी उनीहरू शिकारका भन्दा २० प्रतिशत बढी शक्तिशाली हुन्छन्।

उनीहरूको गति बढाउने क्षमता ३७ प्रतिशत बढी हुने र गति घटाउने क्षमता आफ्ना सिकारभन्दा ७२ प्रतिशत धेरै हुने पाइएको छ।

संघर्ष

आफ्नो एक तिहाइ सिकार प्रयासमा यी दुवै जीव सफल हुने गरेका छन्।

चितुवा

तस्बिर स्रोत, AWILSON, RVC

नमुना अध्ययनले जेब्रा र मृगले यदि एकदमै तेज रफ्तारमा आफ्नो गति कम गरेर उनीहरू तत्कालै अर्को दिशातर्फ मोडिए भने ज्यान जोगिने सम्भावना बलियो हुने देखाएको छ।

चितुवा र सिंह आफ्ना शिकार भन्दा थौरेले पनि तीव्र गतिमा दगुरे भने उनीहरूको सफल हुने सम्भावना बढी रहने सो अध्ययनले देखाएको छ।

वैज्ञानिकहरूले शिकारी र उसको आहार रहने जीवको यो द्वन्द्वलाई विभिन्न प्रजातिबिचको प्रतिस्पर्धासँग तुलना गरेका छन्।

साधारण रुपमा हेर्दा, यदि चितुवा र सिंहका जस्ता जनावरहरू आफ्ना शिकार समात्न एकदमै सफल हुन्थे भने अहिलेसम्ममा उनीहरूलाई खानेकुराको संकट परिसक्थ्यो।

नेचर नामक जर्नलमा उक्त अनुसन्धान प्रकाशित भएको थियो।