के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

Published

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

Skip रोचक भिडिओ and continue reading

रोचक भिडिओ

  • टिभी बन्द भएपछि पाराग्वेका समर्थक
  • घानामा ठूलो बाढी आउँदा धेरैको मृत्यु
  • भेनेजुएलामा भूकम्पको चार दिनपछि बाबुछोराको उद्धार
  • भेनेजुएला भूकम्प : ‘भग्नावशेषमा पुरिएका बेला मेरो बच्चाले मलाई बाँच्न प्रेरित गर्‍यो’
  • 'बल्ड ईगल'को बचेराको 'पहिलो' उडान
  • डेङ्गीविरुद्धको खोप
  • प्यारिसस्थित आइफल टावरमा चट्याङ पर्दाको दृश्य
  • जर्मनीमा ४१.५ डिग्री सेल्सिअस तापक्रममा मानिसहरूलाई शीतलता दिन प्रहरीद्वारा पानीको फोहरा प्रयोग गरिएको छ।
  • बेइजिङको सबैभन्दा अग्लो भवनमा विमान ठोक्किँदा
  • भेनेजुएलामा नौमहिने शिशुको उद्धार
  • अमेरिकामा विश्वकप हेर्न गएका तीन विदेशी
  • भेनेजुएलामा भूकम्पमा पुरिएकी महिलालाई यसरी जीवितै बाहिर निकालियो

धेरै रुचाइएको