नेपालले विश्वकप छनोट खेलमा गरेको गोलको सम्झना

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालले विश्वकप छनौट खेलहरूमा गरेको गोलको सम्झना।
Published

एक दशकअघिका नेपाली फुटबलका चर्चित स्ट्राइकर निराजन रायमाझी इराकको राजधानी बग्दादमा भएको मकाउविरुद्धको विश्वकप छनोट खेलमा आफूले गरेको गोललाई अविस्मरणीय ठान्दछन्।

निराजन रायमाझी विश्वकप छनोटमा नेपाली टोलीको तर्फबाट सर्वाधिक सात गोल गर्ने नेपाली खेलाडी हुन्।

सन् २००२ को विश्वकपको लागि भएको छनोट खेलमा उनले मकाउविरुद्ध ह्याट्रिक अर्थात् लगातार तीन गोल सहित उक्त स्कोर गरेका थिए।

निराजन रायमाझी

तस्बिर स्रोत, Rayamajhi/Facebook

यो अहिलेसम्म पनि विश्वकप छनोट खेलमा नेपाली फुटबलको कीर्तिमान मानिन्छ।

उनै पूर्वखेलाडी रायमाझीलाई निरञ्जन राजवंशीले सोधेका थिए, “अहिले ती गोलहरू सम्झिँदा कस्तो लाग्छ?”

उनीसँग गरिएको कुराकानीको अंश।