विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि

विश्वकप फुटबल

तस्बिर स्रोत, Getty Images

Published

निकै रोमञ्चक खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले हराउँदै विश्वकप फुटबलको उपाधि जितेको छ।

योसँगै रुसमा एक महिनायता जारी विश्वकप फुटबल सकिएको छ।

फ्रान्सले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।

फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्।

क्रोएसियाले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै फ्रान्सलाई सुरुदेखिनै दबाबमा राखेको थियो।

मड्रिच

तस्बिर स्रोत, EPA

क्रोएसियाले उपाधि नजितेपनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो।

केवल ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषय व्यापक चर्चामा रह्यो।