‘महिला छुट्याउन खुट्टामा चित्र खोपाउने चलन’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘महिला छुट्याउन खुट्टामा चित्र खोपाउने चलन’
Published

भक्तपुरमा वर्षौ पहिलेदेखि नेवार समुदायका महिलाहरूले हाकुपटासी भनिने फरिया लगाउँदा चिन्न सजिलो होस् भनेर खुट्टामा धानको बाला, ल्वाङ., मयूर, आँखीझ्यालका बुट्टा खोप्ने प्रचलन थियो।

देवताको चित्र वा नाम खोपाउँदा मोक्ष पाइने विश्वास पनि थियो।

तर अहिले मानिसहरूको जीवनशैलीमा परिवर्तन भएकाले शरीरमा परम्परागत विश्वासमा आधारित परम्परागत बुट्टा खोप्ने चलन लगभग हराएको छ।

संस्कृतिविद् ओम धौभडेल भन्छन्, "अहिले लुगा लगाउने तरिका फरकभएको छ र खुट्टाको पछाडिको भागको सट्टा शरीरको अरू नै भागहरूमा चित्र खोपाउने चलन चलेको छ।"

हेर्नुहोस् यो भिडिओ।

भिडिओ: सृजना श्रेष्ठ