भेरी-बबई सुरूङ: सकियो भेरी-बबई सुरूङको निर्माण
Published
गत वर्षको कार्तिक २० गते देखि सुरु गरिएको भेरी-बबई सुरूङ निर्माण पूर्वनिर्धारित समयभन्दा एक वर्ष अघि नै सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सुरूङ छिचोल्ने अर्थात ब्रेक थ्रु गर्ने काम भएको थियो।
नेपालमा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोगगरि खनिएको यो पहिलो सुरुङ हो।
भेरी नदीको पानी बबई नदीमा झारेर करिब ४७ मेगावाट बिजुली निकाल्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने सुरुङको योजना रहेको छ।
सुरुङ निर्माण कसरी भयो, हेर्नुस् यो भिडिओ
अनि यो पनि: