वार्षिक बजेट: आयकर बढेन, बढ्यो कर छुटको सीमा

अर्थमन्त्री

तस्बिर स्रोत, RSS

Published

अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब बढाएसँगै करदाताहरूलाई दिइने गरेको कर छुटको सीमा पनि बढाइदिएका छन्।

दुई वर्ष यता जस्ताको तस्तै राखिएको कर छुटको सीमामा हेरफेर गरिएको छ।

जस अनुसार अब व्यक्तिका हकमा वार्षिक चार लाख रुपैयाँ आय कर छुट हुनेछ।

त्यस्तै दम्पतीको हकमा आयकर छुटको सीमा चार लाखबाट बढाएर साढे चार लाख रुपैयाँ पुर्‍याइएको छ।

'सांसदलाई ६ करोड'

आयकरका दरहरू बढाइएको छैन।

अर्थमन्त्रीले स्थानीय पूर्वाधार विकासमा सांसदहरूको सहभागिता सहित हुने कार्यका लागि रकम बढाइदिएका छन्।

यसअघि चार करोड रहेकोमा अब त्यस्तो खर्च प्रत्येक निर्वाचन क्षेत्रका लागि छ करोड छुट्ट्याइनेछ।

उक्त रकम खर्च हुने आयोजना छनोटमा सबै सांसदको भूमिका रहने गरि कार्यविधि परिमार्जन हुने बताइएको छ।