युवा उद्यमी शृङ्खला: थोत्रा टायरलाई ‘नयाँ जीवन’ दिन्छन् यी महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ, थोत्रा टायरलाई ‘नयाँ जीवन’
Published

महिला उद्यमीहरूको संस्था 'टायर ट्रेजर्स'ले सवारीसाधनमा काम नलाग्ने टायर जम्मा पारेर तिनलाई 'नयाँ जीवन' दिँदै आएको बताएको छ।

ललितपुरमा झन्डै दुई वर्षयता सक्रिय ओजस्वी वैद्य र लुनिभा मानन्धर पुराना टायरबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन्।

वातावरणमैत्री व्यापार मोडल प्रतिस्पर्धामा विजेता बनेपछि यो व्यवसाय सुरु गरेका उनीहरूले हालसम्म सयौँ टायरलाई पुनर्प्रयोगमा ल्याएका छन्।

थोत्रा टायरहरू ईँटाभट्टामा पोलिने र त्यसले वायुप्रदूषण बढ्ने भएकाले टायर फेरि प्रयोग गर्ने उपाय खोजेको उनीहरूको भनाइ छ।

घर, कार्यालय तथा रेस्टुराँमा टायरबाट बन्ने कलात्मक फर्निचरको माग बढ्दो रहेको उनीहरूले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि