चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पहिलो दिनका तस्बिर

Published

शनिवार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङसँग आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरेपछिको द्विपक्षीय वार्ताका क्रममा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुने बताइएको छ।

राष्ट्रपतिद्वय
तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सहभागी हुँदै। तस्बिरहरू: रासस
राष्ट्रपति विद्यादेवी भण्डारी स्वागत गर्दै
तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङलाई शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आएका हुन्।
राष्ट्रपति सी जिनपिङ
तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङलाई शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अङ्गका प्रमुखहरू।
स्वागतमा नाचगान
तस्बिरको क्याप्शन, चिनियाँ राष्ट्रपति सी जिन्पिङको स्वागतमा काठमाण्डूको माइतीघरमा बाजागाजासहित नाचगान गर्दै महिला।
स्वागतमा निजामती कर्मचारी
तस्बिरको क्याप्शन, चिनियाँ राष्ट्रपति सी जिन्पिङको स्वागतमा निजामती कर्मचारीहरू काठमाण्डूका विभिन्न ठाउँमा खटिएका थिए।
राष्ट्रपति सीले सम्बोधन गर्दै
तस्बिरको क्याप्शन, चिनियाँ राष्ट्रपति सी जिन्पिङले उनको सम्मानमा आयोजना गरिएको रात्रिभोजलाई सम्बोधन गरेका थिए। उक्त रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुखहरूलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रपतिद्वय सी जिनपिङ र विद्यादेवी भण्डारी
तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङले राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै
राष्ट्रपति सी जिनपिङ
तस्बिरको क्याप्शन, चीनका राष्ट्रपति सी जिन्पिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटपछि हुने भेटवार्ताका क्रममा विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने बताइएको छ।