कहीँ नभएको जात्रा हाँडीगाउँमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, कहीँ नभएको जात्रा हाँडीगाउँमा
Published

हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रा रथको आकार र प्रयोग हुने सामग्रीका कारण पृथक मानिन्छ।

ब्रह्मा, विष्णु र महेशको पूजा, आराधना गरी टोलटोलमा रथ घुमाएर मनाइने यो जात्रा विगतमा भने रातको समयमा मात्र मनाइने गरिन्थ्यो।

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखानका कारणले समेत चर्चामा रहेको यो हाँडीगाउँको जात्रामा घुमाइने रथमा देवता माथिल्लो भागमा राखिन्छ र खट फनफनी घुम्छ।

त्यसका अतिरिक्त मैनबाट बनेको फूलको प्रयोग र गजुरमाथि तथा मूर्ति तल राखिने भए पनि यसमा ठिक विपरीत हुने हुनाले यो जात्राको अलग्गै पहिचान रहेको एकजना स्थानीयवासी गणेश मानन्धरले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।