तराईको तिहार: चित्ताकर्षक चित्रकला

Published

तराई मधेशमा तिहार आएपछि आफ्ना घर लिपपोत गर्ने र घरका भित्ताहरूमा चित्ताकर्षक चित्रहरू कोर्ने चलन छ। हरेक चित्रको विशेष अर्थ रहेको जानकारहरू बताउँछन्। हेर्नुहोस् तस्बिरहरू।

तराईको तिहार
तस्बिरको क्याप्शन, तराई मधेशमा माटोले बनाइएको घरको भित्तामा विभिन्न किसिमका चित्रकला कोर्ने परम्परा रहेको छ। भित्तामा कोरिने हरेक चित्रकलाको विशेष महत्त्व रहेको जानकारहरू बताउँछन्।
तराईको तिहार
तस्बिरको क्याप्शन, लिपपोत गरी आकर्षक बनाउन भित्तामा बाघ, हरिण, चराचुरुङ्गी, गुलाबको फूल बनाइन्छ।
तराईको तिहार
तस्बिरको क्याप्शन, भित्तामा कोरिने विभिन्न कलात्मक चित्रकलाको तराई मधेशमा परम्परागत रूपमा विशेष महत्त्व रहेको जानकारहरू बताउँछन्।
तराईको तिहार
तस्बिरको क्याप्शन, वर्षा सकिएर रङ्गिन दिन आएको प्रतीकका रूपमा यी चित्रहरु कोरिन्छ। जीवन तथा दिन सधैँ रङ्गिन होस्, हरियाली छाओस् भनेर यसो गरिने चलन रहेको बताइन्छ ।
तराइको तिहार
तस्बिरको क्याप्शन, गाउँघरमा आफ्ना घरका भित्ताहरूमा विभिन्न चित्रकला कोर्न सुरु गरिएपनि गोवर्द्धन पूजापछि यसको रौनक झन् बढी देखिने गरेको उनीहरू बताउँछन्। दिपावलीमा कोरिने ती चित्रकलाले विवाह लगायत शुभ कार्यका लागि लगन सुरु हुने सङ्केत समेत दिने गरेको संस्कृतिविद्हरू बताउँछन्।
तराईको तिहार
तस्बिरको क्याप्शन, थरीथरीका रङ्गिन चित्रले घर तथा गाउँकै शोभा बढाउने र तिनलाई शुभ दिनको सुरुवातको रूपमा लिइने गरिएको छ।
तराईको तिहार
तस्बिरको क्याप्शन, पक्की घर हुनेले घरलाई सिँगार्न रङरोगन गर्ने गर्छन् भने कच्ची र फुसको घर हुनेले घरको छानो फेर्ने, अनि खर र माटोले बनाइएको घरको भित्ता पहेँलो, रातो, र कालो माटोले लिपपोत गरिन्छ।
तराईको तिहार
तस्बिरको क्याप्शन, यस्ता किसिमका चित्र कोर्ने परम्परा सदियौँदेखि चल्दै आएको बताइन्छ।