कोरोना भाइरस नेपाल: प्रधानमन्त्री ओलीका तीनजना सल्लाहकारमा कोरोनाभाइरस सङ्क्रमण

कोरोनाभाइरस
Published
पढ्ने समय: १ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्।

सूर्य थापाले फेसबुकमा लेखेका छन्: "हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्यजाँचमा निकट रूपमा संलग्न चिकित्सक दिव्या सिंह शाहलाई समेत सङ्क्रमण देखिसकिएको छ।

बीबीसीसँग कुरा गर्दै थापाले आफूहरूमा कुनै लक्षणहरू भने नदेखिएको र आफूहरू घरमै आइसोलेशनमा बसेको बताए।

प्रधानमन्त्रीको अवस्था के छ?

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको समय समयमा कोरोनाभाइरस परीक्षण हुने गरेको बीबीसीलाई बताए।

"हिजो हामीहरूले परीक्षण गर्दा भने प्रधानमन्त्रीको स्वाब लिइएको थिएन। चिकित्सकहरूको सल्लाह अनुसार पुन: प्रधानमन्त्रीको समेत जाँच गर्न सकिनेछ।"

यसबीचमा प्रधानमन्त्रीले आफ्ना भेटघाटलाई सीमित पारेको र आफूहरूले भेट्दा समेत सावधानी अपनाउने गरेको सल्लाहकार थापाले बताए।

उनले थपे: "पछिल्ला दिनमा प्रधानमन्त्री आइसोलेशन जस्तै अवस्थामा हुनुहुन्छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

तर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमलाई अनलाइनमार्फत् सम्बोधन गर्दा प्रेस सल्लाहकार सूर्य थापा उनको नजिकै बसेको तस्बिर उनकै ट्विटरमा देखिएको थियो।

जसमा थापाले मास्क लगाएका थिए तर प्रधानमन्त्रीले भने लगाएका थिएनन्।

प्रधानमन्त्रीका एकजना स्वकीय सचिव र बालुवाटारका सुरक्षाकर्मी र सवारी चालकसहित अन्य केहीमा समेत सङ्क्रमण देखिएको बताइएको छ।