काठमाण्डूका सार्वजनिक शौचालय कसरी राम्रो बन्न सक्छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, काठमाण्डूका सार्वजनिक शौचालय कसरी राम्रो बनाउन सकिन्छ?
Published

अहिले राजधानी काठमाण्डूका सार्वजनिक शौचालय व्यवस्थापनबारे बहस भइरहेको छ।

नवनिर्वाचित मेयर बालेन शाहले रेस्टुराँ र ब्याङ्कजस्ता संस्थालाई शौचालय सार्वजनिक बनाउने प्रयास सुरु गरेका छन्।

काठमाण्डू महानगरपालिका अन्तर्गत अहिले ३५ सार्वजनिक शौचालयहरू सञ्चालनमा छन् तर तीमध्ये धेरैजसो प्रयोग गर्ने अवस्थामा नरहेको सर्वसाधारणको गुनासो छ।

राजधानीको सार्वजनिक शौचालयको समस्याको समाधान के हो र यसलाई कसरी राम्रो बनाउन सकिन्छ ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।