भेनेजुएलामा भूकम्पपछि भग्नावशेषमा पुरिएका नौमहिने शिशु र महिलाको उद्धार
गत साता भेनेजुएलामा दुइटा शक्तिशाली भूकम्पका कारण भत्किएका भवनका अवशेषबाट केही मानिसलाई उद्धार गरिएको छ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले यो सप्ताहान्त ३३ जनालाई भग्नावशेषमा जीवितै फेला पारिएको बताएकी छन्।
शनिवार उद्धारकर्मीहरूले भूकम्प गएको ७२ घण्टा नबिती एक नौमहिने शिशु र उनकी आमाको उद्धार गरेका थिए। भूकम्प गएपछि मानिसहरूलाई जीवितै उद्धार गर्न ४८ देखि ७२ घण्टाको अवधिलाई महत्त्वपूर्ण मानिन्छ।
ती नौमहिने शिशु र उनकी आमालाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ।
विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने मानिसको सङ्ख्या आइतवारसम्म १,४५० नाघेको छ। हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



