अमेरिकामा विद्यालयका प्रिन्सिपलले बन्दुकधारी व्यक्तिलाई रोके

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकामा विद्यालयका प्रिन्सिपलले बन्दुकधारी व्यक्तिलाई रोके
अमेरिकामा विद्यालयका प्रिन्सिपलले बन्दुकधारी व्यक्तिलाई रोके

यो अमेरिकाको ओक्लहोमामा हालसालै भएको घटना हो।

भिक्टर हकिन्स एउटा बन्दुक लिएर आफ्नो पुरानो विद्यालयमा गएका थिए।

तर उनलाई रोक्न प्रिन्सिपल कर्क मूर उनीतर्फ गए अनि उनलाई गोली चलाउनबाट रोके।

यस घटनामा मूरको खुट्टामा गोली लाग्यो। हाल उनी अस्पतालबाट 'डिस्चार्ज' भइसकेका छन्।

हकिन्सलाई मान्छे मार्ने मनसायले गोली चलाएकोलगायतका विभिन्‍न अभियोग लगाइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।