विश्वकप २०१८: नेपाली प्रशंसकका रोचक गतिविधि

ब्राजिल समर्थक

तस्बिर स्रोत, YouTube

Published
पढ्ने समय: ३ मिनेट

विश्वकप फुटबलको लहरले नेपाली फुटबलप्रेमीहरूलाई पनि छोएको छ।

उनीहरू रुसमा आयोजित खेलहरू हेर्छन्, तिनबारे उपलब्ध सामग्री पढ्छन् र सामाजिक सञ्जाल एवम् व्यक्तिगत कुराकानीमा पनि विश्वकपकै चर्चा गर्छन्।

आफूले समर्थन गरेको टोलीले जितोस् भन्ने चाहना हुनु स्वाभाविकै हो। तर कतिपय समर्थकको गतिविधि त्यतिमा मात्रै सीमित छैन।

मन पर्ने टोलीको विजयको कामना गर्दै कसैकसैले अस्वाभाविक लाग्ने गतिविधि पनि गरेको भेटिएको छ।

यही सेरोफेरोमा प्रस्तुत छन् केही रोचक प्रसङ्ग।

आर्जेन्टिनाका लागि पूजा

झापाका देवेन्द्र ओली आर्जेन्टिनाका प्रशंसक हुन्। फुटबल हेर्न थालेदेखि नै उनलाई आर्जेन्टिनाको खेलले लोभ्यायो र उनी सोही टोलीको कट्टर समर्थक बने।

आर्जेन्टिना र आइस्ल्यान्डबीच खेल हुनअघि आफ्नो प्रिय टोलीको विजयको कामना गर्दै उनले पूजा गरे।

आर्जेन्टिना समर्थक

तस्बिर स्रोत, Facebook

सामाजिक सञ्जाल फेसबुकमा प्रेषित एउटा भिडिओमा ओलीलाई श्रीमती र दुई छोरासँगै बसेर मेसी र अर्जेन्टिनाको सफलताका लागि मन्त्रोच्चारणसहित जर्सीको पूजा गरेका देखियो।

उनको यो भिन्न शैलीको प्रशंसा र आलोचना दुवै भयो। भोलिपल्टै उनले त्यो भिडिओ हटाए। तर अरूले सामाजिक सञ्जालमा त्यसलाई फैलाएका छन्।

ओली भन्छन्, "खेलमा बराबरी भएपनि मेरो भिडिओ हेरेर धेरै प्रसंशक रमाए। तर कसैकसैले अशिष्ट शब्द प्रयोग गरेकाले मैले चाहिँ हटाएँ। तर अरूतिर भाइरल भइसकेको रहेछ।"

ब्राजिल-आर्जेन्टिना दोहोरी गीत

राजु ढकाल र रबिन लामिछानेले विश्वकप फुटबल गीतमा ब्राजिल र आर्जेन्टिनाबारे दोहोरी गाएका छन्।

ब्राजिल समर्थक_गायक

तस्बिर स्रोत, YouTube

तस्बिरको क्याप्शन, रबिन लामिछाने

उनीहरूको बनाएको म्युजिक भिडिओलाई पक्षधरहरूले भने आफ्नो टोलीको गुणगानका अंश मात्र रोजेर सामाजिक सञ्जालमा हालेका छन् ।

ब्राजिल प्रसंशकहरूले सेअर गरिराखेको उक्त गीतमा भनिएको छ:

विश्वकप उचाले'सि नपर्नु है छक्कै,ब्राजिल पनि गुच्चा खेल्न गाको हैन पक्कै...

उता आर्जेन्टिनाका समर्थकको रोजाइमा यो अंश परेको छ:

मेसीजस्ता खेलाडी छन्, छैनन् भारेभुरेकान काटेर फाल्दिन्छु म, आर्जेन्टिना हारे...

धादिङमा र्‍याली

शनिवार खेल सुरुअघि आर्जेन्टिनाको जर्सी लगाएका प्रशंसकहरूले धादिङ बजारमा मोटरसाइकल र्‍याली नै गरे। त्यसपछि कोणसभा आयोजना गरी उनीहरूले सँगसँगै फुटबल हेरे।

गायक_फुटबल प्रशंसक_राजु ढकाल

तस्बिर स्रोत, YouTube

तस्बिरको क्याप्शन, राजु ढकाल

विश्वकपमा ब्राजिल नै आर्जेन्टिनाको मुख्य प्रतिस्पर्धी भन्ठानेर होला र्‍यालीका बेला ब्राजिल समर्थकहरू नदेखिऊन् भनेर उनीहरूले सामाजिक सञ्जालमा प्रचार गरेका थिए।

स्थानीय प्रशासनले विश्वकपको पूर्वसन्ध्यामा प्रकाशित गरेको आचारसंहितामा राजधानी काठमाण्डूका सार्वजनिक स्थानमा त्यस किसिमको र्‍याली आयोजना नगर्न नपाउने उल्लेख छ। चितवनमा त्यस प्रकारको र्‍याली अन्तिम अवस्थामा रोकिएको थियो।

नेपाली समर्थकको सद्भाव र प्रार्थना जे जस्तो भए पनि विश्वकप उपाधिका दाबेदार मानिएका यी दुवै पूर्वविजेताहरू भने आफ्ना पहिलो खेलमा भने अङ्क बाँड्न बाध्य भए।

स्टारविरुद्ध ट्रोल

अपेक्षा गरिएका टोली र तिनका खेलाडीको प्रदर्शन चित्तबुझ्दो नभएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूप्रति व्यङ्ग्य पनि गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सङ्ख्यामा विश्वकप

स्पेनी क्लबहरूबाट खेल्ने पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र आर्जेन्टिनाका मेस्सीबीचको प्रतिद्वन्द्विता नेपाली सामाजिक सञ्जालमा पनि झल्किएको छ।

मेस्सीले पेलाल्टीमा गोल गर्न नसकेपछि उनलाई 'मिस पेनाल्टी' भनेर महिलाको स्वरूपमा देखाइएको व्याङ्ग्यात्मक तस्बिर पनि धेरैले सामाजिक सञ्जालमा हालेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

कमजोर भन्ठानिएका र नवप्रवेशी टोलीले ल्याइराखेका अप्रत्यासित परिणामहरू पनि सामाजिक सञ्जालमा ठट्यौलीका विषय बनेका छन्।

प्रशंसकहरूसँग माफी मागेको अभिनय गरिएका प्यारोडी भिडिओहरू पनि फेसबुक र ट्विटरमा भेटिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकपमा खेलिने फुटबलको परीक्षण